प्युठान । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले ‘ठेकेदारको काम नभए खट्टा भाँचिदिनु’ भनि दिएको अभिव्यक्ति सच्याउन निर्माण व्यवसायीले माग गरेका छन ।
हालै नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले बोलेको उक्त कुरा अस्वभनिय, अमर्यादित र निन्दनीय भएको भन्दै निर्माण व्यवसायी सङ्घ प्युठानले विरोध जनाएको हो ।
संघका निर्वतमान केन्द्रिय सदस्य बालाजु श्रेष्ठले जिम्मेवार पदमा भएको व्यक्तिले निर्माण व्यवसायीलाई गरेको अपमान सहन नसकिने प्रतिक्रिया दिनुभयो । अहिलेको विषम परिस्थितिमा निर्माण क्षेत्रको समस्या समाधान गर्नुको साटो उल्टो निर्माण व्यवसायीलाई कानुन विपरित धम्की दिनु गलत भएको उहाँको भनाई छ ।
निर्माण व्यवसायी संघ प्युठानले बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई भेटेर उक्त घटनाको विषयमा ध्यानाकर्षण गराएको छ ।
निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष नविन कुमार श्रेष्ठले मन्त्रीको अभिव्यक्ति विरुद्ध विरोध कार्यक्रम गरिएको बताउनुभयो । ‘निर्माण व्यवसायी राज्यको निति नियम अनुसार चलेका छन,’ उहाँले भन्नुभयो,‘निर्माण व्यवसायीले गल्ती गरेमा कानुन बमोजिम कारवाही गर्न सकिन्छ ।’


S.K. Creative Media Group