प्यूठान । नौबहिनी गाउँपालिका–६ लुङका १९ वर्षीय मधु सुनारको मृत्यु प्रकरणका अभियुक्तलाई प्यूठान जिल्ला अदालतले धरौटीमा छाडेपछि पिडित परिवार आक्रोशित बनेका छन । प्यूठान जिल्ला अदालतले जेठ २७ गते पाँच जना अभियुक्तलाई धरौटीमा छाड्न आदेश दिएपछि पिडीत पक्षले न्याए नपाएको भन्दै मंगलबार सरकारी वकिल कार्यालयमा धर्ना र नारावाजी गरेका हुन् ।
मृतकका परिवार सहित सहभागीले ‘मधु सुनारलाई न्याए दे’ भन्दै नारावाजी गरेका थिए । उनीहरुले मुद्धालाई कमजोर बनाएर दोषीलाई छुटकारा दिने प्रयास गरिएको आरोप लगाएका छन । गाउँबाट आएका पिडित पक्ष सदरमुकाम खलंगामै बसेका छन । उनीहरुले बुधबार पनि सरकारी वकिल कार्यालयमा धर्ना दिने बताएका छन ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जेठ २ गते राती करीव ९ बजे जनज्योती मावि लुङमा भोज खाएर बसिरहेका २० वर्षीय मोहन सुनार, १८ वर्षीय समिर सुनार, २० वर्षीय सन्दिप सुनार, १९ वर्षीय धर्मे सुनार, १९ वर्षीय मधु सुनार र २७ वर्षीय विनोद सुनारलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव केसी सहितका व्यक्तिहरुले समात्न खोज्ने क्रममा भागेका थिए । जेठ ३ गते १९ वर्षीय मधु सुनार डुकरुक धारा भिरदेखी तल खोल्सामा मृत अवस्थामा फेला परेका थिए ।
मृतकको आमा पुतली विकले केशव विक सहित बसन्त बहादुर रोका घर्ति, गोविन्द घर्ति, नरेन्द्र केसी र एक बालकविरुद्ध जाहेरी दिनुभएको थियो । उक्त जाहेरीको आधारमा प्रहरीले पाँचै जनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको थियो ।


S.K. Creative Media Group