प्यूठान । जिल्लामा बिभिन्न बस्तु तथा सेवा उत्पादन र बिक्री गर्ने ब्यबसायीलाई अभिमुखिकरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले उद्योग तथा वाणिज्य फर्मसंग गुणस्तरीय बस्तु र सेवा विषयक अभिमुखिकरण गरेको हो ।
बिजुवारमा भएको कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुल्सिपुरका खाद्य अनुसन्धान अधिकृत पदम बराल र खाद्य निरीक्षण अधिकृत सुदर्शन गोसाईले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा नियमन गर्ने निकायको काम कर्तब्य र अधिकार, कानुनी ब्यबस्था, उत्पादक, बितरक, उपभोक्ताको भूमिका, उद्योग दर्ता तथा उत्पादन अनुमति लिने प्रकिया, गुणस्तर जाँच, बजार अनुगमनमा हेरिने विषय लगायतमा छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सदस्य धनलक्ष्मी श्रेष्ठले आम मानिसको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएको गुणस्तरीय उत्पादन र सेवा बिक्री गर्ने पक्ष र उपभोक्ता दुबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । उहाँले यस प्रकारको प्रशिक्षणलाई घरेलु कार्यालयले निरन्तरता दिएको भन्दै आगामी दिनमा निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका निमित्त प्रमुख लोकराज थापा, नेपाल घरेलुु तथा साना उद्योग महासंघ प्यूठानका अध्यक्ष नबिन प्रकाश श्रेष्ठ, फलफुल तथा तरकारी ब्यबसायी संघ प्यूठानका महासचिव टुकलाल न्यौपानेले आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रमको संचालन उद्यम बिकास सहजकर्ता संगीता नेपालीले गर्नुभएको थियो । सहभागीले कार्यक्रम महत्त्वपूर्ण र ब्यबसायीको लागि आवश्यक पर्ने खालको भएको भन्दै आगामी दिनमा सबै पालिकामा यस्तो कार्यक्रम गर्नुपर्ने सुझाब दिएका छन ।


S.K. Creative Media Group