प्यूठान । ऐरावती गाँउपालिका वार्ड नं.१ कि आस्था आचार्यको वारीमा लटरम्म तरकारी फलेका छन् । तरकारी खेतीबाटै उहाँले बर्षमा २ लाख सम्म आम्दानी गर्दै आउनुभएको छ । यतिवेला उहाँको खेत वारीमा काक्रा,करेला,टमाटर,घिरौला,बोडी लगाएतका हरीया तरकारी प्रसस्त पाउन सकिन्छ ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आचार्य परीवार उत्पादन र बजारीकरणमा व्यस्त हुनुहुन्छ । उत्पादित तरकारी स्थानीय बजार संगै अर्घाखाँचीको अमराई बजारमा पुर्याउने गरेको आस्थाका श्रीमान टिकाराम आचार्यले बताउनुभयो ।

काक्रा,करेला,घिरौला जस्ता तरकारी प्रति किलो १ सय ५० सम्ममा स्थानिय तथा अमराई बजारमा बिक्री भईरहेको उहाको भनाइ छ ।
आचार्य परीवार मात्र होइन ऐरावती गाँउपालिका वार्ड नं.१ डाब्र माझिदमारका अधिकांस कृषक अहिले व्यवसायिक तरकारी खेती तर्फ आकर्षित भएका छन् । समथर भूभाग,सिंचाईको राम्रो व्यबस्था, बजारको सम्भावना भएका कारण पनी तरकारी खेती तर्फ कृषकको आकर्षण बढ्दै गएको वार्ड नं.१ का अध्यक्ष अमर रेश्मीले बताउनुभयो ।

डाब्र माझिदमार क्षेत्रका कृषकको चाहाना र सम्भावनालाई मध्यनजर गरी झिमरुक स्वावलम्बी महिला कृषक समुह निर्माण गरी सो क्षेत्रमा व्यबसायिक तरकारी खेती उत्पादन गर्न समुहलाई प्रेरीत गरीएसंगै कृषकहरु तरकारी उत्पादनमा सक्रिय बन्दै आएका हुन् ।
३० जना सदस्य रहेको समुहका सबै सदस्यले व्यबसायिक रुपमै तरकारी उत्पादन गरेको समुह अध्यक्ष मञ्जु सुवेधीले बताउनुभयो ।

ऐरावती गाँउपालिका,हेफर प्रोजेक्ट नेपालको सहयोगमा मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रद्धारा सञ्चालीत परीयोजना मार्फत विउपल,टनेल,प्राविधिक ज्ञान तथा निरन्तर सहयोग पाएका कारण आफुहरु व्यबसायिक बन्न थालेको अध्यक्ष सुबेधीको भनाई छ ।
हरीया काक्रा,लौका,घिरौला,करेला जस्ता तरकारी खान साउन भदौ कुर्नुपर्ने त्यहाका किसान अहिले आफ्नै वारीमा फलाएर बेच्न पाउदा निकै खुसि भएको सुबेधीले बताउनुभयो । उहा भन्नुहुन्छ “बजारको खासै समस्या छैन,उत्पादन बढाउदै जाने र यसमै समुहका सदस्यको भविश्य देखेका छौ ।”

गाउँपालिकाले सञ्चालन गरेको परीयोजना र त्यसबाट कृषकमा परेको प्रभावको अध्ययन गर्दै किसानलाई वारीमै गएर सल्लाहसुझाव तथा हौसला प्रदान गर्ने उदेश्यले परीयोजना क्षेत्र अवलोकन गर्ने क्रममा शनिवार जनप्रतिनिधी संगै बिषयगत शाखा प्रमुख सहितको टोलीले सो क्षेत्रमा अवलोकन समेत गरेको हो ।

अवलोकनका क्रममा तरकारी वालीमा देखिएका समस्या तथा आगामी योजनाका बारेमा सम्बन्धित शाखाबाट सल्लाहसुझाव समेत प्रदान गरीएको गाँउपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले कृषकको उत्पादन क्षमता बढाउदै बजारीकरणको व्यबस्थापनमा पालिका निरन्तर लागीरहने बताउनुभयो । महिलाको आर्थिक समृद्धिवीना गाँउपालिकाको लक्ष पुरा नहुने भन्दै उहाले उत्पादनसंगै सस्थागत बजारीकरणमा पालिका लागीरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय