प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले आईतबार मासिक पत्रकार भेटघाट कार्यक्रम गरेको छ । प्रहरी कार्यालयले पत्रकार भेटघाट मार्फत असोज २३ देखि कात्तिक २२ गतेसम्म भएका घटना विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले कात्तिक २० गते एकै दिन तिन वटा घटना भएको जानकारी दिनुभयो । उहाँका अनुसार जुवातास सम्वन्धी कसुर, लागु औषध सम्वन्धी कसुर र पशुपंक्षी सम्वन्धी कसुर अन्र्तगत आरोपितलाई नियन्त्रणमा लिएको हो ।
प्यूठान नगरपालिका २ पशुपतिनगर घरधनी सहित १३ जनालाई नियन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो । उनीहरुको साथबाट १ लाख ४० हजार १० रुपियाँ समेत बरामद भएको प्रहरी प्रमुख अधिकारीको भनाई छ ।
त्यसैगरी ब्राउन सुगर सम्वन्धी कसुरमा तीन जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै प्रहरीले पशुपंक्षी सम्वन्धी कसुर अन्र्तगत स्वर्गद्धारी नगरपालिका ३ बाट ३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख अधिकारीले जानकारी गराउनुभयो ।
प्रहरीले कात्तिक महिनामा मानव बेचविखन सम्वन्धी कसुरमा १ जनालाई नियन्त्रणमा लिएर मुद्धा अघि बढाएको छ । त्यसैगरी जवरजस्ती करणीको आरोपमा २ जनालाई नियन्त्रणमा लिएर मुद्धा अघि बढाएको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।


S.K. Creative Media Group