प्यूठान । झिम्रुक गाउँपालिकामा अपाङ्गतामैत्री भौतिक संरचना निर्माण विषयक सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको सहयोगमा सि.वि. आर. कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले अपाङ्गता भएका व्यक्तिहरूको सवालमा सबै जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले सबै संरचना अपाङ्गता मैत्री बनाउन आवश्यक रहेको बताउँदै जिल्ला समन्वय समिति बाट आवश्यक सहजीकरण र समन्वय गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा झिम्रुक गाउँपालिकाका अध्यक्ष पित बहादुर एमसीले अपाङ्गता भएका व्यक्तिको समग्र विकासको लागि गाउँपालिका तयार रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरूले आफ्ना सवालहरू निरन्तर उठान गर्न आवश्यक रहेको बताउनुभयो । साथै गाउँपालिका भित्र बन्ने संरचना अपाङ्गता मैत्री बनाउन पहल गरिने बताउनुभयो ।

सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख पुण्य प्रसाद न्यौपानेले अपाङ्गता भएका व्यक्तिको सवालमा सबै पक्षको महत्वपूर्ण भूमिका हुने भन्दै सकारात्मक सहयोग गर्नपर्ने बताउनुभयो । उहाँले सीमित स्रोत र साधनका बीच सामाजिक गतिविधि भइरहेको बताउदै यस्ता सामाजिक गतिविधिलाई अगाडि बढाउन स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशका सचिवालय सदस्य जुमान सिंह केसीले अपाङ्गता मैत्री भौतिक संरचना निर्माण सम्बन्धमा कानुनी व्यवस्था र जिल्ला तथा पालिकाको संरचनाको अवस्था बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पालिकाका विभिन्न शाखा प्रमुख र अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय अपाङ्ग सेवा सङ्घ प्यूठानका सदस्य कृष्ण बहादुर जिसीले गर्नुभएको थियो भने सञ्चालन महिला तथा बालविका शाखा प्रमुख शर्मिला बिकले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय