प्यूठान । विहानी पदयात्रा समुह प्यूठानको आठौं स्थापना दिवस पर्यटकीय क्षेत्रम मल्लरानीमा मनाइएको छ । स्थापना दिवसको अवसरमा विभिन्न पदयात्री समुहहरुबीच मिलन तथा बनभोज कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वाकाथन राष्ट्रिय अभियन्ता डा.किशोर खत्रीले स्वस्थ्य जीवन बाँच्नका लागि पदयात्राले ठूलो सहयोग गर्ने बताउनुभयो । उहाँले खानपानमा ध्यान दिने, नियमित व्यायाम गर्ने, स्वस्थ्य जीवनशैली अपनाउन सवैलाई आग्रह गर्नुभयो । डा. खत्रीले विहानको हिडाईले शरीरमा खुशी ल्याउने हर्मोनहरु उत्पादन हुने भएकाले पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आफूसँगै आफ्‌ना बालबालिकालाई पनि सँगै हिडाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले विहानीको हिडाईले शरीरमा उर्जा प्राप्त हुने बताउनुभयो । उहाँले पूर्विय दर्शनमा पनि विहानको हिडाईबारे उल्लेख भएको बताउँदै सकारात्मक ऊर्जा प्राप्त गर्नका लागि नियमित रुपमा योग, साधाना, व्यायाम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा दाङको बयलडाँडा चौतारी क्लव, मल्लरानी विहानी पदयात्रा समुह, माण्डवी पदयात्रा समुह, स्वर्गद्धारी पदयात्रा समुह, भुल्के पदयात्रा समुह, विहानी पदयात्रा भाई समुह, प्यूठान पदयात्रा समुहका सदस्यहरुको सहभागिता थियो ।

कार्यक्रममा प्यूठान अस्पतालका प्रमुख डा. ओम अर्याल, लायन्स क्लव डिष्ट्रिक ३२५ एनका अनरी डिस्ट्रिक एडभाईजर लायन अर्जुन कुमार कक्षपति, प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश अचार्य, वलयडाँडा चौतारी क्लवका अध्यक्ष नारायण प्रसाद भुसाल, मल्लरानी विहानी पदयात्रा समुहका संयोजक बासु प्रसाद श्रेष्ठ, माण्डवी पदयात्रा समुहका संयोजक रामचन्द्र पौडेल, भुल्के पदयात्रा समुहका संयोजक हेमराज आचार्यले शुभकामना मन्तव्य राख्नुभएको थियो । सहभागीहरुले पदयात्रा समुहले थालेको स्वस्थ, व्यस्त र मस्त अभियानले समाजमा सकारात्मक ऊर्जा ल्याएको बताएका थिए । उनीहरुले सवै नागरिकलाई यस अभियानमा जोडिन आग्रह गरेका थिए ।

प्यूठान पदयात्रा समुहका संयोजक लोक बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अतिथि समन्वय संयोजक विजय विराज विष्टले गर्नुभएको थियो । विष्टले कोभिड महामारीमा घरभित्र गुम्सिएर बस्नुपर्ने बाध्यता रहेकोवेला यो अभियान थालिएको जानकारी दिनुभयो । उहाँले जिल्लाका विभिन्न ठाउँमा पदयात्रा गर्ने समुह र नागरिकहरु क्रमशः बढ्दै गएको बताउनुभयो । कार्यक्रमको सञ्चालन झविन्द्र शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय