प्यूठान । एचआईभी संक्रमित माथि हुने लान्छाना, भेदभाव बिरुद्ध मानव अधिकार संरक्षण र जिविकाेपार्जन समर्थन कार्यबिधि २०८२ का बिषयमा प्युठान नगरपालिकामा छलफल भएको छ ।

प्यूठान नगरपालिकाले स्थानीय तहको संवैधानिक भूमिकालाई आत्मसात गर्दै एचआईभी संक्रमित व्यक्तिहरूको गरिमा, अधिकार, सामाजिक समावेशिता र आर्थिक सशक्तीकरण सुनिश्चित गर्न “एचआईभी संक्रमित माधि हुने लान्छना, भेदभाव विरुद्ध, मानव अधिकार संरक्षण र जीविकोपार्जन समर्थन कार्यविधि, २०८२ तयार गर्न लागेको सन्दर्भमा मस्यौदा माथि छलफल गरिएको हो ।

 

यस कार्यविधिले एचआईभी संक्रमितका लागि गैर-भेदभावपूर्ण सेवा पहुँच, कानुनी सुरक्षा, मनोसामाजिक समर्थन, स्वास्थ्य उपचार, शिक्षा, सीप विकास, स्वरोजगार तथा सामाजिक पुनःस्थापनाका उपायहरू सुनिश्चित गर्दै सामाजिक न्याय, समावेशिता र मानवअधिकारको प्रवर्द्धन गर्ने लक्ष्य लिएको प्यूठान प्लसका कार्यक्रम संयोजक तपेन्द्र बिकले बताउनुभयो ।

छलफल कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर याेगिले मस्यौदामा नगरपालिकाकाे बिधायक समितिमा थप छलफल गरि अगाडि बढाउने बताउनुभयो । नगरपालिकाले अहिले पनि स्वास्थ्य कार्यक्रम मार्फत संक्रमितको स्वास्थ्य र पाेषणमा सहयाेग पुर्याएकाे बताउनुभयो ।

मस्यौदा महिला,कानुन र बिकास मन्चको आर्थिक सहयोग र प्यूठान प्लसको समन्वयमा तयार गरिएको हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय