प्यूठान । बिजय फूलवारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानले दोस्रो पटक ‘प्रोवेसन ब्राण्ड’ पाएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को शुक्रवार काठमाण्डौमा भएको ३४ औं वार्षिक साधारण सभाको अवसरमा संस्थालाई राष्ट्रिय स्तरको ब्राण्ड प्रदान गरिएको हो । संस्थाका अध्यक्ष नेत्रमणी आचार्यले राष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितता गर्ने कार्यक्रम प्रोवेसन सफलताको प्रमाण पत्र ब्राण्ड ग्रहण गर्नुभएको छ ।

नेफ्स्कुनले सञ्चालन गरेको प्रोवेसन कार्यक्रममा आवद्ध फूलवारीले यो तेस्रो पटक प्रोवेसन सफलताको ब्राण्ड प्राप्त गरेको हो ।

वि.स. २०५५ सालमा खैरा गाउँका १३ जना युवाले मासिक एक सयका दरले एक हजार तीन सय रुपियाँबाट सुरुवात भएको

बिजय फूलवारी बचत तथा ऋण सहकारी संस्थामा हाल ५ हजार ९ सय ३८ सदस्य आवद्ध रहेका छन् । संस्थाले जिल्लाको जुम्री, खलंगा, जस्पुर तथा खैराबाट सदस्यलाई सेवा दिदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय