प्यूठान । ऐरावती गाउँपालिका वडा नम्वर ५ सिंदुरेडाँडामा पञ्चेबाजाको तालिम शुरु भएको छ । ऐरावती गाउँपालिकाको आयोजनामा विहीबारदेखी १५ दिने पञ्चेबाजा सिप तालिम शुरु भएको हो ।
प्रदेश सरकारको विशेष अनुदान अन्र्तगत गन्धर्व बस्तीका १५ जनालाई गाउँपालिकाले तालिम दिएको हो । तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथी ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरद गौतमले स्थानीयमा सीप विकास गरि आयआर्जनमा सहयोग पुग्ने उदेश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले सहभागीलाई तालिममा सक्रियतापूर्वक सहभागिताका लागि अनुरोध समेत गर्नुभयो ।
ऐरावती गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष चन्द बहादुर रोका मगरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा , कार्यपालिका सदस्य अर्जुन गन्धव, गन्धर्व विकास समाज नेपाल प्यूठानका अध्यक्ष धुर्व गन्धर्व, महिला तथा बालबालिका शाखा प्रमुख सोनु दाहाल लगायतको उपस्थिती रहेको थियो ।
तालिममा महिला पुरुष सहभागी छन । तालिमको प्रशिक्षक मल्लरानी गाउँपालिका वडा नम्वर ३ का गिर बहादुर परियार र गोपाल परियार रहनुभएको छ ।


S.K. Creative Media Group