प्यूठान । माण्डवी गाउँपालिका-२ स्थित सुन्नानी आधार माविको बिद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठन गरिएको छ । हेम बहादुर अधिकारी (हेमराज) को नेतृत्वमा बिद्यालय ब्यबस्थापन समिति र देवी खत्रीको नेतृत्वमा शिक्षक अभिभावक संघ पुनर्गठन गरिएको हो ।
ब्यबस्थापन समितिको सदस्यमा नमा राउत, शिला पुन, सीता घर्तीमगर, वडाको प्रतिनिधि,शिक्षक प्रतिनिधि बम बहादुर रावल
र सदस्यसचिव भगवता मल्ल रहनुभएको छ ।
शिक्षक अभिभावक संघको सदस्यमा कालेराम पुन, सावित्रा पाेख्रेल, थमा खड्का, हुमा पुन मगर, सिर्जना पाैडेल, शिक्षक प्रतिनिधि सृजना पाैडेल र सदस्य सचिव भगवता मल्ल रहनुभएको छ । दुबै समिति सर्वसम्मत चयन भएको विद्यालयले जनाएको छ ।


S.K. Creative Media Group