प्यूठान । मल्लरानी गाउँपालिका प्यूठानको आर्थिक वर्ष ०८२।०८३ को पहिलो चौमासिकमा १९ प्रतिशत वित्तिय प्रगति गरेको छ । चालु खर्च तर्फ २४ प्रतिशत र पुजिँगत तर्फ ८ प्रतिशत वित्तिय प्रगति रहेको छ ।

प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति प्रतिबेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत बिजय पौडेलले उक्त जानकारी गराउनुभएको हो ।

मल्लरानी गाउँपालिका प्यूठानको आयोजना तथा झिमरुक नेटवर्क एण्ड मिडिया प्रा.लि.को सहजिकरणमा मल्लरानी गाउँपालिका वडा नम्वर ५ कुमिकोटमा कार्यक्रम सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाईमा उठेका प्रश्नहरुलाईलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले कतिपय आयोजना कार्यान्वयनमा अगाडी बढेको र सम्बोधन हुन नसकेका योजनाहरुलाई क्रमिक रुपमा सम्बोधन गर्दै अगाडी बढ्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाईको क्रममा उठेका प्रश्न तथा विकास निर्माण सम्वन्धी मागलाई क्रमिकरुपमा सम्वोधन गर्दै अगाडी बढ्ने अध्यक्ष खड्काले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रमा सडक, स्वास्थ्य सेवा, लक्षित वर्गको कार्यक्रम, दैनिक सेवा प्रवाह, कृषि तथा पशुसेवा, खानेपानी लगाएतका सवालमा प्रश्न तथा जिज्ञासाहरु उठेका थिए । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल र वडा अध्यक्ष तथा विषयगत शाखाका प्रमुखहरुले उठेका सवालमा जवाफ दिनुभएको थियो ।

सार्वजनिक सुनुवाईको सहजीकरण झिमरुक नेटवर्क एण्ड मिडियाका संचालक पत्रकार जुमान सिंह के.सी.ले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय