प्यूठान । मल्लरानी गाउँपालिका-४ खलंगा निवासी समाजसेवी भरत कुमार श्रेष्ठले ब्याबसायिक हित अक्षयकोष घोषणा गर्नुभएको छ । मंगलबार एक कार्यक्रमका बीच श्रेष्ठले प्यूठान उद्योग वाणिज्य संघ अन्तर्गत रहने गरि भरतकुमार सरस्वती ब्याबसायिक हित अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

पुराना ब्यबसायीलाई वार्षिक रुपमा सम्मान गर्ने उदेश्यले
श्रेष्ठले ५० हजार रुपियाँ अक्षयकोष स्थापनाको घोषणा गरेको बताउनुभयो । संघको निर्णय भएपछि रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।

संघका अध्यक्ष सन्देश आचार्य, पुर्व अध्यक्ष ज्ञामुराम न्यौपाने, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष नबिन प्रकाश श्रेष्ठले श्रेष्ठको सामाजिक कार्यको प्रशंसा गर्नुभएको थियो । उक्त अबसरमा संघले श्रेष्ठ दम्पतीलाई सम्मान गरेको थियो ।कार्यक्रमको संचालन महासचिव झबेन्द्र शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय