प्यूठान । मल्लरानी गाउँपालिकामा संचालन भएको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड भुमि बिकास माध्यमिक विद्यालयले हात पारेको छ । शनिवार सम्पन्न प्रतियोगितामा मल्लरानी गाउँपालिका-५ स्थित भुमि बिकासले उपाधी प्राप्त गरेको हो ।
भुमि बिकासले १० स्वर्ण र ६ कास्य सहित १६ पदक प्राप्त गरेको हो । भानुभक्त माबि बर्बोटले ५ स्वर्ण, एक रजत र ५ कास्य प्राप्त गरेको छ ।
महेन्द्र माविले ४ स्वर्ण, २ रजत र ५ कास्य प्राप्त गर्यो । जनता माविले ३ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्यो । शारदा माविले ३ स्वर्ण, ३ रजत र ४ कास्य पदक पायो ।
मल्लरानी बोर्डिङले २ स्वर्ण, ९ रजत प्राप्त गरेको छ । जनजागृति माविले १ स्वर्ण, ५ रजत र २ कास्य पदक जित्यो । अमर माबिले ३ रजत र ३ कास्य जित्यो ।
हालसम्म ५ पटक लगातार शिल्ड जितेको महेन्द्र माबि यस पटक शिल्ड जित्नबाट चुकेको छ । समाप्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, उपाध्यक्ष रमेशकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बिजय पौडेल, जनप्रतिनिधि लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद आचार्यले गर्नुभएको थियो ।




S.K. Creative Media Group