प्यूठान । विहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताले मतदाता परिचय पत्र नभए सरकारी कागजातबाट मतदान गर्न पाउने भएका छन । मतदाता परिचयपत्र नभएको हकमा निर्वाचन आयोगले परिचय खुल्ने सरकारी कागजातलाई मान्यता दिने जनाएको छ ।
नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमती पत्र, जग्गाधनी प्रमाणपत्रबाट मतदान गर्न पाउने व्यवस्था रहेको निर्वाचन आयोगले गरेको छ । मतदाता नामावलीमा नाम भएका मतदाताले मात्र मतदान गर्न पाउनेछन ।



S.K. Creative Media Group