प्यूठान । बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्यूठानमा मतदान केन्द्र निर्माण थालिएको छ ।
प्यूठानमा अस्थायीसहित २३२ वटा मतदान केन्द्र रहेका छन् । जिल्ला कारागार प्युठान र जिल्ला समन्वय समिति प्यूठानमा अस्थायी मतदान केन्द्र बनाइएको छ ।
मतदान केन्द्रमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । आज मतदान केन्द्र निर्माणको काम भइरहेको छ ।



S.K. Creative Media Group