प्यूठान । प्यूठानमा शुक्रबार विहानदेखि मतगणना शुरु गर्ने तयारी थालिएको छ । अहिले मतपेटिका संकलनको काम भइरहेको र भोलि(शुक्रबार) विहान सर्वदलिय बैठक बसेर मतगणना प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार राती ढिलामा १२ बजेसम्म सवै ठाउँको मतपेटिका जिल्ला सदरमुकाम खलंगा आईपुग्नेछ । जिल्ला समन्वय समितिको सभाहलमा मतगणनाको लागि तयारी गरिएको उहाँले बताउनुभयो । त्यसका लागि तारजाली, विद्युत, सिसि क्यामरा लगायतको व्यवस्थापन गरिएको छ ।
शुक्रबार विहान सर्वदलिय बैठक बोलाउने र बैठकपछि मतगणना शुरु गर्ने उहाँले बताउनुभयो । जिल्ला समन्वयको दुई वटा कोठामा प्रत्यक्ष र समानुपातिकको मतपेटिका राख्ने व्यवस्था गरिएको छ । समन्वयको हलमा मतगणना हुनेछ ।
एक ठाउँमा मत गणना शुरु गर्ने र आवश्यकता अनुसार तीन ठाउँसम्म मतगणना गर्न सकिने मुख्य निर्वाचन अधिकृत भण्डारीले बताउनुभयो । उहाँले जतिसक्दो छिटो नतिजा प्रकाशन गर्ने गरि काम गर्ने समेत बताउनुभयो ।



S.K. Creative Media Group