प्युठान। प्यूठानमा विहान ११ बजेदेखि मतगणना शुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहल खलंगामा मतगणना शुरु भएको हो ।
प्यूठानको ऐरावती गाउँपालिकाको मतगणना शुरु गरिएको हो । अहिले एक ठाउँबाट मात्र मत गणना भइरहेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्यूठानमा ५१ दशमलव १६ प्रतिशत मतदान भएको छ । जिल्लामा रहेका १ लाख ६५ हजार ४०६ जना मतदाता मध्ये ८४ हजार ६३६ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर