सुजल श्रेष्ठ
प्यूठान। जिल्लामा जारी समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी देखिएको छ । हालसम्म गणना भएको मतमा राष्ट्रिय स्वतन्त्र पार्टीले सवैभन्दा धेरै मत पाएको छ ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आठ हजार ८६८, नेपाली कांग्रेसले छ हजार १८०, नेकपा(एमाले)ले पाँच हजार ८८५ मत प्राप्त गरेका छन । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले तीन हजार २८, राष्ट्रिय जनमोर्चाले एक हजार ६०५ र श्रम संस्कृति पार्टीले चार सय ४४ मत प्राप्त गरेका छन ।
शुक्रबार साँझ प्रत्यक्ष तर्फको मतगणना सकिएपछि शनिबार विहान १० बजेदेखि समानुपातिक तर्फको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिलेसम्म जिल्लाका चार वटा पालिकाको समानुपातिक मतगणना सकिएको छ । ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, गौमुखी गाउँपालिका र नौबहिनी गाउँपालिकाको समानुपातिक मतगणना सम्पन्न भएको छ । स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपालिका, माण्डवी गाउँपालिका, मल्लरानी गाउँपालिका र झिमरुक गाउँपालिकाको मतगणना हुन बाँकी छ । अहिले स्वर्गद्धारी नगरपालिकाको मतगणना शुरु भएको छ ।



S.K. Creative Media Group