सुजल श्रेष्ठ
प्यूठान । जिल्लामा सोमबार विहान समानुपातिक तर्फको मतगणना सकिएको छ । प्रत्यक्ष तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशान्त वैदिक विजयी भएको प्यूठानमा समानुपातिक मतमा पनि पहिलो पार्टी बनेको छ ।
अन्तिम मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सवैभन्दा धेरै ३० हजार ७५२ मत पाएर पहिलो दल बनेको छ । नेकपा (एमाले) ले १६ हजार १९५, नेपाली कांग्रेसले १५ हजार २२६, मत प्राप्त गरेका छन ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ९ हजार १८१, राष्ट्रिय जनमोर्चाले ७ हजार ६७९ र श्रम संस्कृति पार्टीले ९५५ मत प्राप्त गरेका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६८५, नेकपा (माओवादी)ले २५७, प्रगतिशिल लोकतान्त्रिक पार्टीले १०२, नेशनल रिपब्लिक नेपालले ७५, मंगोल नेशनल अर्गनाइजेशनले ६२, नेकपा (संयुक्त) ले ३५, आम जनता पार्टीले ३२, नेपाली जनता दलले २९ मत पाएका छन ।



S.K. Creative Media Group