बिजुवार । प्युठान नगरपालिकाले शनिबार कार्यालय परिसर सरसफाई गरेको छ। नगरपालिका परिसरमा रहेको बगैंचा, गार्डेन, पार्किङ लगायतमा सरसफाइ गरिएको हो ।
सरसफाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, लेखा अधिकृत वसन्त गिरी, अधिकृत सातौं चन्द्र बहादुर जिसी, स्वास्थ शाखामा कार्यरत अधिकृत सातौं दधिराम सुवेदी, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको सहित कार्यालय सहयोगी, सरसफाइ कर्मचारी लगायतको सहभागिता सरसफाइ गरिएको नगरपालिकाले जनाएको छ।
शनिबार सार्वजनिक बिदा भएपनी कार्यालयको सुन्दरता र वातावरणीय सरसफाइ होस भन्ने उदेश्यले सरसफाइ अभियान सुरु गरिएको आर्थिक विकास शाखा हेर्ने प्रशासकीय अधिकृत चन्द्र बहादुर जिसीले जानकारी दिनुभयो ।
प्युठान नगरपालिकामा यहीँ चैत २३ गतेबाट नयाँ प्रशासकीय अधिकृत रुपमा कमल प्रसाद भुसालले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँ प्युठानको झिमरुक गाउँपालिकामा ३ वर्ष भन्दा बढी प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेर गुल्मीको सरुवा हुनुभएको थियो ।
लामो समय प्रमुख प्रशासकीय अधिकृत बिहिन भएर निमित्तको भरमा चलेको प्युठान नगरपालिकामा अहिले भने निकै कुशल, स्थानीय तह बुझेको अनुभवी प्रमुख प्रशासकीय अधिकृत आएपछि जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीको मनोभावना अनुसार काम हुने आकलन गरिएको छ ।




S.K. Creative Media Group