काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अर्न्तगत भएको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । सोमबार बेलुका त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बल खेल्दै ३ विकेट गुमाएर भेटाएको हो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले १७ ओभर २ बलमा ८७ रनमा अलआउट भएको थियो । लुम्बिनीका बलर किशोर महतोले ४, शेर मल्लले ३ विकेट लिएका थिए ।


S.K. Creative Media Group