प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले ‘सर्च एण्ड स्विप अप्रेशन’ अन्र्तगत ‘प्रेस्क्रिप्सन’ विनाको औषधी खरीद गर्ने दुई जना युवा र विक्री गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । शुक्रबार बेलुका पौने ६ बजे प्यूठान नगरपालिका ८ गेजबाङबाट औषधी सहित दुई जना युवालाई पक्राउ गरेको हो ।
झिमरुक गाउँपालिका वडा नम्वर ७ स्थित छातिपाटाका २१ वर्षीय समिर केसी र सिमलचौरका २३ वर्षीय अर्विन जिसीलाई ‘प्रिग्रा ७५’ नामक औषधी सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभयो । डाक्टरको ‘प्रेस्क्रिप्सन’ विना विक्री गर्ने माण्डवी गाउँपालिका वडा नम्वर २ ढाँडका २६ वर्षीय सुमन पुनलाई समेत पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
पुनलाई थप औषधी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको समेत प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले बताउनुभयो ।



S.K. Creative Media Group