प्यूठान । घरायसी झगडाको कारण आत्मदाह गर्ने प्रयास गरेका बुबाको उपचारका क्रममा ज्यान गएको छ । प्यूठान नगरपालिका-९, पाहारपाखाका ४५ वर्षिय सानू नेपालीको उपचारका क्रममा ज्यान गएको पारीवारिक स्रोतले जानकारी दिएको छ ।

बैशाख १३ गते आइतबार राति सवा १० बजेतिर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा सानु र उहाँकी १८ वर्षिय छोरी अंजली नेपाली जलेर गम्भीर घाइते हुनुभएको थियो ।

घरायसी झगडामा सानुले आफ्नै शरिरमा पेट्रोल खनाई आगो लगाउने प्रयास गर्दा छोरीले बचाउन खोज्दा दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । पेट्रोल खोसा-खोस गर्ने क्रममा दुबै जलेर घाइते भएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो ।

घाइते दुबै जनाको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि किर्तिपुर अस्पताल काठमाडौं लगिएको थियो । छोरीको सोही अस्पतालमा उपचार भईरहेको छ ।

सानू नेपाली वैदेशिक रोजगारीबाट गाउँमा फर्किएपछि दैनिक आम्दानीको लागी पछिल्लो समय अटो गाडी चलाउदै आउनुभएको थियो । उहाँका दुई छोरी, एक छोरा र श्रीमती रहेका छन । जलेर घाइते भएकी अंजली नेपाली स्नातक अध्ययनरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय