प्यूठान । झिमरुक गाउँपालिका–८, दिहाल्नामा सञ्चालित लालीगुराँस टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधि रोयल झुङ्दी क्रिकेट क्लबले जितेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा तुषारा क्रिकेट क्लबलाई पराजित गर्दै रोयल झुङ्दीले उपाधि हात पारेको हो। तुषारा क्रिकेट क्लब प्रतियोगिताको उपविजेतामा सीमित भयो।

आयोजकका अनुसार उपाधि विजेता रोयल झुङ्दीले ट्रफी, प्रमाणपत्रसहित नगद एक लाख रुपैयाँ प्राप्त गरेको छ। त्यसैगरी उपविजेता तुषारा क्रिकेट क्लबले ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेको दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमका अध्यक्ष तथा समापन समारोहका अध्यक्ष गोविन्द गिरीले जानकारी दिनुभएको।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले पुरस्कार वितरण गर्नुभएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महतरा क्षेत्रीले खेलकुदले युवापुस्तालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै खेल संस्कृतिको विकास र खेलाडीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय तहबाटै खेलाडी उत्पादन गरी पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पहिचान स्थापित गर्न यस्ता प्रतियोगिताले सहयोग पुर्‍याउने धारणा राख्नुभयो।

खेलकुद पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि र प्रतिस्पर्धात्मक वातावरण निर्माणमा स्थानीय सरकारले चासो दिएको उल्लेख गर्दै उहाँले सबै विधाका खेलकुदलाई समान रूपमा अघि बढाउने नीति रहेको बताउनुभयो।

दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमका अध्यक्ष तथा समापन समारोहका अध्यक्ष गोविन्द गिरीले प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लामा क्रिकेट खेलको आधार बलियो बनाउन सहयोग पुर्‍याएको बताउनुभयो।

दिहाल्ना खेलकुद पर्यटन विकास कार्यक्रमका अध्यक्ष गोविन्द गिरीलेको अध्यक्षतामा भएको समापन कार्यक्रममा झिमरुक गाउँपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर जिसी,जनप्रतिनिधि, युवा नेता मिलन एमसी, स्थानीय समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, खेलाडी, खेलप्रेमी, लगायतको स्थानीयको उपस्थिति रहेको थियो।

यहीँ कार्तिक ७ गतेदेखि सञ्चालित लालीगुराँस टी–२० कप क्रिकेट प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। photo: AI

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय