दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको छ। सेवा सुरु भएको पहिलो दिन शिवराज अस्पतालको अनुरोधमा प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका चिकित्सक डा. सञ्जय पौडेलले टेलिमेडिसिनमार्फत स्वास्थ्य परामर्श प्रदान गर्नुभएको हो।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालका अनुसार सेवालाई नियमित सञ्चालन गर्दै लुम्बिनी प्रदेशका दुर्गम जिल्लाहरूमा समेत क्रमशः विस्तार गरिने बताउनुभयो।

यस सेवामार्फत स्वदेश तथा विदेशमा रहेका बिरामीले प्रविधिको माध्यमबाट प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श लिन सक्ने प्रतिष्ठानले जनाएको छ।

अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीले भौगोलिक दूरी र समयको बाध्यता कम गर्दै विशेषज्ञ स्वास्थ्य सेवालाई सहज, सुलभ र प्रभावकारी बनाउने उद्देश्यले सेवा सुरु गरिएको बताउनुभयो।

टेलिमेडिसिन सेवाले विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य परामर्श प्राप्त गर्न सहज हुने प्रतिष्ठानको अपेक्षा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय