प्यूठान । प्यूठान नगरपालिका – ३ नम्बर वडा कार्यालयको आयोजनामा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै नयाँ खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष सुमनराज श्रेष्ठले बताउनुभयो ।
गणतान्त्रिक खेलमैदान विजुवारमा सञ्चालन भएको प्रतियोगितामा १० टिमले सहभागिता जनाएका छन । प्रतियोगिताको उद्घाटन प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर योगीले गर्नुभएको हो ।
प्रतियोगिताको विजेताले एक लाख, उप विजेताले ५० हजार रुपिँया पुरुस्कार पाउनेछन । त्यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टोलीले १५ हजार रुपिँया पुरस्कार पाउने आयोजकले जनाएको छ ।


S.K. Creative Media Group