काठमाडौं । सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग सोमबार बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभिर–कुरिनटार नजिक सोमबार बिहानै सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सुख्खा पहिरोका कारण पृथ्वी राजमार्गमा दुवैतर्फका सवारीसाधन रोकिएका छन् । नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर सचिन्द्र मिश्रका अनुसार पहिरो हटाउने काम सुरु भइसकेको छ । पहिरो पन्छाउन आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । पहिरो ठूलो भएकाले सडक खुलाउन करिब तीन घण्टा लाग्ने अनुमान गरिएको इन्जिनियर मिश्रले बताउनुभयो ।
सडक अवरुद्ध भएपछि चाडपर्वको समयमा पृथ्वी राजमार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सास्ती भएको छ । पहिरो हटाउने काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालनमा आउने नागढुंगा–मुग्लिङ सडक योजना पश्चिम खण्डका इन्जिनियर मिश्रले जानकारी दिनुभएको छ ।


S.K. Creative Media Group