प्यूठान । प्यूठान खलंगामा संचालन भएको खुल्ला फुटबल प्रतियोगिताको उपाधी बर्द बहादुर गण खलंगाले प्राप्त गरेको छ । शनिबार टुडिखेलमा भएको फाइनल खेलमा बर्द बहादुरले एस स्क्वाएर सुलिचौर रोल्पालाई ९-२ गोलले हराएको हो ।

प्रतियोगिताको बिजेताले नगद ५५ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उप बिजेताले ३० हजार रुपियाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

प्रतियोगितामा इमर्जिङ प्लेयर बर्द बहादुर गणका प्रयास राई, बेस्ट गोल किपर बर्द बहादुर गणका चिन्तक बोहरा, बेस्ट स्ट्राइकर
बर्द बहादुर गणका पाण्डुदिप दनुवार भएका छ्न ।

कात्तिक १७ गतेदेखि शुरु भएको प्रतियोगितामा १३ टिम सहभागी भएका थिए । मल्लरानी खेलकुद क्लबले आयोजना गरेको प्रतियोगितामामा मल्लरानी गाउँपालिका ४ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

क्लवका अध्यक्ष सुराज श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, बिशेष अतिथी मल्लरानी गाउँपालिका ४ नम्बर वडाका अध्यक्ष कुमार श्रेष्ठ, बर्द बहादुर गणका प्रमुख सेनानी राजीब बस्नेत, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख नरहरी अधिकारी लगायत रहनुभएको थियो ।

उप बिजेता एस स्क्वायर सुलिचौर रोल्पा

कार्यक्रमको संचालन पत्रकार सुजल श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय