अनिल नेपाली
अर्घाखाँची । सँस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशिला श्रीपालीले देशको समृद्धिसँगै खेल मार्फत विश्व सामु चिनाउन असल खेलाडीको महत्त्वपूर्ण भुमिका हुने बताउनुभएको छ । आइतबार जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको अर्घाखाँचीमा शुभारम्म गदै मन्त्री श्रीपालीले खेल क्षेत्रको बिकास गर्दै मुलुकमा असल खेलाडी उत्पदनमा जोड दिनुपर्ने बताउनुभएको हो ।
मन्त्री श्रीपालीले खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा सरकारले थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ। खेल मार्फत खेलाडीले राष्ट्रको नामसँगै आफ्नो नाम र प्रतिष्ठालाई उचो बनाउन प्रयत्नशील रहनुपर्ने बताउनुभयो । खेल क्षेत्रको विकासले देशको समृद्धिसँगै हरेक मानिसहलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ रहन महत्वपूर्ण भूमिका खेल्ने भएकोले खेलाडीलाई राज्यले सम्मान गर्दै खेल क्षेत्रको विकासका लागि नयाँ आयामहरु सँगै लगानीको दायरा फराकिलो बनाउनुपर्ने राज्यमन्त्री श्रीपालीले बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघका उपाध्यक्ष विरेन्द्र केसीले मन्तब्य राख्दै खेलले मानिसलाई शारिरीक मानसिक रुपमा स्वस्थ्य राखि बहुआयमिक बनाउने बताउदै खेल क्षेत्रको विकास अनिवार्य अपरिहार्य भएको बताउनुभएको छ ।
आज माघ १४ गतेदेखि सुरु भएको खेल ३ दिनसम्म चल्ले छ। खेलखुद कार्यक्रममा जिल्लाका विभिन्न गाँउपालिका नगरपालिका विधार्थीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रम खेलखुद विकास समिति अर्घाखाँचीका अध्यक्ष विष्णु क्षेत्रीको अध्यक्षता जर्नादन गैरेको सञ्चालन कोषाध्यक्ष प्रेम आलेको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विभिन्न खेलहरु प्रस्तुत गरिएको थियो ।



S.K. Creative Media Group