प्यूठान । प्यूठान नगरपालिका-४ जुम्रीमा बेबारिसे अबस्थामा फेला परेको शिशुको आमा बुवालाई हक दाबी गर्न समय दिईएको छ । प्यूठान नगरपालिकाको स्थानीय बाल अधिकार समितिले १५ दिन भित्र आमा बुवालाई हक दाबीका लागि म्याद दिएको हो ।
बालबालिका सम्बन्धि ऐन २०७५ तथा नियमावली २०७८ को ब्यबस्था अनुरुप नगरपालिकाको स्थानीय बाल अधिकार समितिको बैठक बसेर उक्त निर्णय गरि सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

गत बुधबार बिहान कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा बच्चा भेटिएको थियो । बच्चा(छोरी)लाई अहिले जिल्ला अस्पताल बिजुवारमा राखिएको छ ।



S.K. Creative Media Group