प्यूठान । विद्यालय उमेर समुहमा लागु औषध दुव्र्यसनीमा फस्ने जोखिम हुने गरेको छ । एक अध्ययनका अनुसार कक्षा ६ देखी १२ सम्म लागु औषध दुव्र्यसनीमा फस्ने जोखिम हुने देखिएको हो ।

प्यूठान क्याम्पस खलंगामा भएको लागु औषध विरुद्धको सचेतना कार्यक्रममा प्रशिक्षक बसन्त पुनले उक्त उमेरका बालबालिकालाई दुव्र्यसनीमा फस्न नदिन सवैजना सचेत हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा मदिरा तथा सुर्तिजन्य पदार्थ, गाँजा, हिरोइन, औषधीको प्रयोग बढी हुने गरेको जानकारी गराउनुभयो ।


लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय प्यूठानले सप्ताहव्यापी सचेतनामुलक कार्यक्रम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले दुव्र्यसनीमा नफस्न र त्यसविरुद्ध सचेतना फैलाउन क्याप्सका विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले एउटा असल अभियान्ताको रुपमा अघि बढ्न समेत आग्रह गर्नुभयो ।

उहाँले जिल्लामा स्थानीय तहहरुले समेत यस अभियानका लागि कदम चाल्नुपर्ने बताउनुभयो । लागुऔषद मुक्त जिल्ला बनाउन तर्फ सवै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई छ ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले विद्यार्थी उमेरमा जोखिम धेरै हुने भएकाले सजक बन्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्यूठान उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले विद्यार्थीहरुलाई लक्षित गरेर सचेतनामुलक कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय