काठमाडौं । नेकपा (एमाले) ले सबै राजनीतिक दललाई राष्ट्रिय सरकारमा सहभागी हुन आह्वान गरेको छ ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले एमालेको नेतृत्वमा बन्ने सरकारका सहभागी हुन सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ ।

“नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन अन्य दललाई आह्वान गर्ने”, बैठकले निर्णय गरेको छ ।

बैठकले एमाले र कांग्रेस बिच नयाँ सरकार निर्माणका लागि भएको सहमतिलाई अनुमोदन गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस बिच गए राति नयाँ सत्ता समीकरण गर्ने सहमति भएको थियो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह पनि गरेको छ । “राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भोलिसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आह्वान गर्ने”, बैठकको निर्णय छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय