काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ रुपियाँबाट बढेर २६ रुपियाँ पुगेको छ । न्यू शक्ति नून एक किलोको १७ रुपियाँ रहेकामा बढेर २० रुपियाँ कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपियाँ तोकिएको छ ।



S.K. Creative Media Group