काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको समृद्धिको लागि सबै एकतावद्ध हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ । बुधबार नेपाली कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा सम्पूर्ण जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताउनुभएको हो ।

पुर्व प्रधानमन्त्री देउवाले सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकतावद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै मिलेर एकतावद्ध भएर अघि बढ्नुस् । अब हाम्रो देश सम्पूर्ण जातजाति,आदिवासी जनजाति, दलित, महिलाहरुको हो । थारु, मुस्लिम सबैको देश हो । सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो ।’ देउवाले काँग्रेसहरु एक भएर अघि बढ्नुपर्ने पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय