प्यूठान । जिल्लाको निर्माणधिन दुई वटा योजनाको विषयमा केन्द्रित भएर बुधबार जिल्ला समन्वय समिति प्यूठानमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरियो । अलपत्र योजनाहरु मध्येको नमुना योजनाको रुपमा रहेको भिंगृ जलुकेको पक्की पुल र बाग्दुला दम्ती मोटरबाटोको विषयमा प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुबेदी)को अग्रसरतामा बैठक बसेको हो ।

प्रमुख जिल्ला अधिकारी आचार्य जिल्लामा आएसंगै जिल्लाको बिकास निर्माणलाई गति दिन प्रयास थाल्नुभएको छ । सोही पहल स्वरुप बुधबार बसेको बैठकमा अलपत्र दुई वटा योजना सप्पन्न गर्न निर्माण ब्यबसायीले प्रतिबद्धता जनाए । प्रजिअ आचार्यले बैठकमा भन्नुभयो,”निर्माण ब्यबसायीले काम नगर्ने अनि गाली प्रमुख जिल्ला अधिकारीले खानुपर्ने ?”, उहाँले भन्नुभयो, “जिल्लाको बिकास निर्माणमा यस्ता योजनाले बाधा पुर्याएको छ ।”

बाग्दुला-दम्ती सडकको काम मंसिरभित्र सप्पन्न गर्ने हाम्रो निर्माण सेवा सुर्खेतका खगेन्द्र बिक्रम राणाले प्रतिबद्धता जनाउनुभएको छ । उक्त योजनाको हालसम्म ७६ प्रतिशत काम सप्पन्न भएको सडक पुर्वाधार विकास कार्यालयका निमित्त प्रमुख चन्द्र बहादुर शाहले जानकारी गराउनुभएको थियो ।

स्वर्गद्वारी जलुकेको पुल निर्माणको लागि ५ पटक म्याद थप गरिएको समय समेत कातिक ८ गते सकिएको सडक डिभिजन कार्यालय प्यूठानका प्रमुख इन्जिनियर बिसुनदास लामाले बताउनुभयो । २०७३ बैशाख १६ गते सम्झौता भएको पुल २०७५ कातिक १५ सम्म सप्पन्न गर्नुपर्ने थियो । तर हालसम्म ५ पटक म्याद थपिएको र अब २ सय दिनभित्र जरिवानामा निर्माण कम्पनीले पुल बनाउनुपर्ने जानकारी गराउनुभयो ।

मृत सन्जिवनी/लोहनी ब्रदर्सका प्रतिनिधि आनन्द लोहनीले फागुन मसान्तसम्म निर्माण सक्ने गरी मंसिरबाट काम थाल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, नीमा गिरी, जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसी, स्वर्गद्वारी नगरपालिकाका प्रमुख, प्यूठान नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, वडा अध्यक्ष, निर्माण ब्यबसायी समिति प्यूठानका प्रमुख, निर्माण ब्यबसायीको सहभागिता थियो ।

प्रजिअ आचार्यले मदन भण्डारी राजमार्ग, बिद्धुत सव स्टेशन संचालन लगायत विषयमा पहल गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय