प्यूठान । जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा सरोकारवालाबीच जिल्लामा भएका मानव अधिकार उल्लंघनका घटनाको विषयमा छलफल तथा समीक्षा गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशव के.सी.ले. घटनाको अवस्था र प्रकृति हेरेर घटनासँग सम्वन्धित व्यक्तिको गोपनियतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जिल्लामा रहेका मानवअधिकारकर्मी तथा पत्रकार उक्त विषयमा संवेदनशिल रहेको र आगामी दिनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी जालन्धर भुसालले मावन अधिकार प्रर्वद्धनमा इन्सेकले खेलेको भूमिकाको प्रशंसा गर्दै थप प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि प्रहरी प्रशासन सहित सरोकारवालासँग समन्वय गरेर मानव अधिकार रक्षाका लागि काम गर्नुपर्ने बताउनुभयो ।

इन्सेकले सन् २०२४ अवधिमा सङ्कलन गरको मानव अधिकार वर्ष पुस्तक घटनाहरुको पूर्व समीक्षा गरिएको थियो । इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले सम्मानित रुपले बाँच्न पाउने अधिकार, बाल अधिकार, महिला सम्वन्धि हुने सवै प्रकारका भेदभाव तथा दुव्र्यवहार र सवै प्रकारका जातीय विभेदसँग सम्वन्धित घटना विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले जिल्लामा अर्धवार्षिक र वार्षिक समीक्षा गर्ने गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय