शर्मिला क्षेत्री
तिमी ढुक हुनु बा
तिम्री छोरी घुम्छे डुल्छे
तर बिगरेकी नसोच्नू
जुन सपना पुरा गर्न गाउ छोडेकी थि
त्यही सपना पुरा गरी पुन गाउ फकिन्छे
मेरो लागि धितो राखेका
हजुरका ति हजारौ खुसीहरु
व्याज सहित फिर्त्ता गरदिने छे
अब केहि बर्स पर्खिदेउ बा
तिम्री छोरी पनि सफल भएर देखाउने छे
तिमी विश्वत हुनु बा
तिम्रो सपना पुरा नगरी
कर्म घरको दैलो टेक्ने छैन
तिम्रो हातको कन्यादान बिना
आफ्नो नामको पछि कसैको थर थप्ने छैने
बा तिमी ढुक्क हुनु
तिम्री छोरी हजारौ पटक हार्न सक्छे
तर हरेस खाने छैने
बा तिमी निश्चिन्त रहनु
तिम्री छोरी कुनै गलत संगतमा फस्ने छैने
तिम्रो इजाजत बिना कुनै कदम चाल्ने छैन
तिमीले राजकुमारी जसरी हुकाएको तिम्री छोरी
कसैको प्रेम को दासी बन्ने छैन
बा तिमी ढुक्क हुनु
तिम्री छोरी बाबा आमा भन्दा माथी
जिन्दगीमा अरु कसैलाई राख्ने छैने
बा,
तिम्री चुलबुले जिद्दी छोरी
साच्चै ठुली भइसकिछे
आजसम्म एक्लै बाटो काट्ने समेत नजानेकी छोरी
हेरन आज जिन्दगी को यात्रा समेत एक्लै काट्ने भइसकिछे
बा तिमी ढुक्क हुनु,
तिम्री छोरी कहिले बाटो बिराउने छैने
परिस्थिति जस्तो आउला
तर तिम्री छोरी तिमीले दिएको संस्कार डगमगाउन दिने छैन
तिमीलाई संसार घुमाउने सपना बोकेकी
तिम्री छोरी आफ्नो सपना पुरा नहुन्जेल पक्कै पनि हार्ने छैन



S.K. Creative Media Group