प्यूठान । ऐरावती गाउँपालिका-२ बरौलामा रहेको मोती माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ऐरावती शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
विद्यालयका कक्षा ११ र १२ अध्यानरत विद्यार्थीहरुलाई बैंकले वित्तिय साक्षरता प्रदान गरेको हो । सो अवसरमा बोल्दै बैंक शाखा प्रबन्धक श्रीधर पोख्रेलले वित्तिय साक्षरता कार्यक्रम गरिएको र यसका अलवा अन्य समयमा पनि बैंकले साक्षरता कार्यक्रम, सामाजिक सेवाका कार्यक्रम गर्दै आएको बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा उहाले वित्तिय सचेतना सम्बन्धि राम्रो ज्ञान प्राप्त गर्न सके आर्थिक क्रियाकलाप र व्यवस्थापनमा सहज हुने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलकराम पाण्डेले वित्तिय कार्यक्रमले विद्यार्थीहरुमा व्यवहारिक शिक्षा प्रदान गर्ने भन्दै बैंकलाई धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।बैंकले आगामी दिनमा पनि अन्य स्थानमावित्तीय साक्षरता सम्बन्धि कार्यक्रम बैंक शाखा प्रवन्धक पोख्रेलले बताउनुभयो ।



S.K. Creative Media Group