प्यूठान । ऐरावती गाउँपालिका वडा नम्बर ४ स्थित श्री बाल शिक्षा प्राथमिक विद्यालय कैरनमा चार कोठे भवनको शिलन्यास गरिएको छ ।
ऐरावती गाउँपालिकाका अध्यक्ष श्री नविल विक्रम शाह, उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ , पाटेश्वरी प्राथमिक विद्यालय पकलाका प्रधानाध्यापक इश्वरा शाह, ऐरावती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बहादुर भण्डारी, वडा सचीव तथा प्राविधिक बल बहादुर रोका, विद्यालय ब्यबस्थापन समिति, विद्यालयमा कार्यरत शिक्षिक शिक्षिका ,कैरन गाउका बुद्धिजीवी, समाजसेवीको उपस्थितिमा अध्यक्ष नविल विक्रम शाहले चारकोठे पक्की भवनको शिलन्यास गर्नुभएको हो ।
भवन शिलन्यास गर्दै गाउँपालिका अध्यक्ष शाहले भवन निर्माण पश्चात विद्यार्थीलाई पठनपाठनमा सहजता हुने विस्वास लिएको बताउनुभयो । भवन समयमै सम्पन्न गर्न समेत उहाले समितिलाई आग्रह गर्नुभएको थियो ।
७२ लाख लागतमा चार कोठे भवन संगै शौचालय पनि निर्माण गरिने छ । जेठ मसान्त सम्म भवन निर्माण हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिश के.सी ले जानकारी दिनुभयो ।
यस आर्थिक बर्षमा यही प्रकृतिको भवन श्री शिशु कल्याण आधारभुत विद्यालय ऐरावती गाउँपालिका ५ झिबाङ्ग र बाल किरण प्रा.वि.ऐरावती गाउँपालिका १ सल्लीकोटमा पनि निर्माण हुने पालिकाले जनाएको छ ।



S.K. Creative Media Group