प्यूठान । मल्लरानी गाउँपालिकामा ९३३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन लागिएको छ । यहि माघ २२ गतेदेखि २७ गतेसम्म खोप लगाउन लागिएको मल्लरानी गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कक्षा ६ देखी १० कक्षासम्म अध्ययन गर्ने ८९७ जना र समुदायमा रहेका १० देखि १४ वर्ष उमेर सम्मका ३६ जनालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख पारश शाहीले जानकारी दिनुभयो । पालिकाको ११ वटा विद्यालयमा र स्वास्थ्य संस्थामा खोप केन्द्र तय गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर हुन बाट बचाउन सरकारले तीन चरणको रणनिती बनाएको छ । पहिलो चरणमा खोप, दोस्रो चरणमा परीक्षण र तेस्रो चरणमा उपचार बिधीलाई लिएको छ ।

परीक्षण बिधीलाई प्रभावकारी बनाउन सकेमा पाठेघरको मुखको क्यान्सरबाट हुने मृत्युदरलाई कम गर्न सकिने स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो । ३० देखी ४९ वर्ष उमेर समुहका महिलाले परीक्षण गर्न सक्छन । एक पटक परिक्षण गरेपछि ३ वर्षसम्म गर्न नपर्ने स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो ।
सन २०३० सम्म ९० प्रतिशत पुर्याउने लक्ष्य राज्यको रहेको छ । मल्लरानी गाउँपालिकाले बिगत ३ वर्षदेखि परीक्षण सेवा दिदै आएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय