दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेका ६ वटा अध्यादेश संसदबाट पारित भएरै छाड्ने बताउनुभएको छ । एमाले दाङले  घोराहीमा गरेको जनसभालाई सम्बोधन अध्यादेश संसद छल्न नभई जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि ल्याइएको दाबी गर्नुभयो ।

´अध्यादेश संसद छल्न होइन । संसदबाट लैजाँदा ढिला हुने भएकाले ल्याउनु परेको हो ।` महासचिव पोखरेलले भन्नुभयो,-´ जनतासँग प्रत्यक्ष जोडिएका काम छिटोछरितो गर्नकालागि अध्यादेश ल्याइएको हो ।` सरकारले ल्याएका ६ वटै अध्यादेश जनताका पक्षमा भएको दाबी गर्दै पोखरेलले विरोधकालागि बिरोध भन्दा पनि यसकारण अध्यादेश जनबिरोधी छ भनेर औचित्य पुष्ट गर्न विपक्षी दललाई चुनौती दिनुभयो ।

´अध्यादेश जनताका पक्षमा छन् ।`महासचिव पोखरेलले भने,-´अध्यादेश के कति कारणले जनताका पक्षमा छैनन् भनेर त्यसको पुष्टि गर्न म विपक्षी दललाई चुनौती दिन्छु ।`

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय