प्युठान । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानले ९ बुँदे घोषणापत्र पारित गर्दै ३९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। मंगलबार नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा प्युठानको ३९ औं वार्षिक साधारणसभा बिजुवार स्थित होटल व्यवसायी संघको सभाहलमा ९ बुँदे घोषणापत्र पारित गर्दै बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
वार्षिक साधारणसभाको उदघाटन गर्दै जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीले मानबिय सेवा भाव नै सबैभन्दा पबित्र कार्य भएकोले मानवीय सेवा र सद्भाब सबैमा जागरुक गराउनुपर्ने बताउनुभएको छ। पछिल्लो समय मानवीय सेवा र सद्भाबको आवश्यकता बढिरहेको बेलामा मानवमा मानबिय सेवा र संबेदनशिलता हराउदै गईरहेकोले जागरुक गराउन पहल थाल्नुपर्ने बताउनुभएको हो ।
जिसीले हराउँदै गएको मानवता र संबेदनशिलतालाई पुनः उजागर गर्ने कार्यमा नेपाल रेडक्रस सोसाइटीको मुख्य भुमिका र जिम्मेवारी रहने भन्दै रेडक्रसको मुलभुत सिद्धान्तलाई आत्मसाथ गरी सदैब मानबीय बिपद जुट्न जोड दिनुभयो । उहाँले रेडक्रसले लिएको मानवीय सेवाभावको अहम जिम्मेवारीमा जिल्ला समन्वयको तर्फबाट सक्दो सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखा सभापति गुमानराज पुलामीले रेडक्रस क्रमीहरु मानवलाई परेको हरेक समस्या, बिपद ब्यबस्थापन र उद्धार तथा मानव सेवामा सदैब तयार हुने एक निस्वार्थ सिपाही भएको बताउनुभयो । हरेक बिपत्तिको रेडक्रसकर्मीले निस्वार्थ भावले सहयोगमा जुट्दै आएको भन्दै मानवीय सेवामा जुट्न सबैमा आग्रह गर्नभयो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले रेडक्रसले गरेका कामको प्रशंसा गरेका थिए । त्यस्तै मानबिय सेवामा लागीरहेको रेडक्रस सँगसँगै मिलेर हातेमालो गर्दै अगाडि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गरिएको थियो ।
कार्यक्रममा बिभन्नि क्षेत्रबाट मानबिय सेवामा योगदान गर्ने संघसंस्था र ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । जिल्लामा रेडक्रस अभियानमा स्वयंसेवकको प्रभावकारी भुमिका निर्वाह गरेको भन्दै तुलक स्मृति पुरस्कारबाट मल्लरानी-४ गुठकसेरी बस्ने रेडक्रस शाखाका मन्त्री दामोदर शर्मा, भानुभक्त माबि बर्बोटका शिक्षक नायक दिपेन्द्र पौडेल, नेपाल जुनियर/युवा रेडक्रस सर्कल सत्य माबी तुषाराकि सदस्य सजना थापालाई नगद दोसल्ला र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ ।
त्यस्तै सामाजिक ब्याक्तित्वको रुपमा योगदान गर्ने रेडक्रसको संस्थापब सदस्य मुक्ति प्रसाद सुबेदी, रक्तदाता प्युठान नपा-४ जुम्री स्थित बाहाँजोरी सहकारी संस्था, पत्रकार तथा साहित्यकार प्युठान नपा-४ टारी बस्ने लिला पुन, उत्कृष्ट सर्कलमा झिमरुक-६ स्थित चिरायु माबी चिसाबाङ्ग, ऎरावती-६, स्थित जनता माबी बिजुली, माण्डबी-४ स्थित माण्डबी माबी नयाँगाउँ र सरुमारानी-२ स्थित सत्य माबी ददेरीलाई सम्मान गरिएको शाखाले जनाएको छ। यस्तै उत्कृष्ट सर्कल संरक्षकमा माण्डबी माबी नयाँगाउँका सेवा निवृत्त प्रधानाध्यापक मेघराज पौडेल, सत्य माबी ददेरीका प्रधानाध्यापक नारायण प्रसाद पौडेल र बलभद्र माबी बादिकोटका प्रधानाध्यापक सेर बहादुर थापालाई सम्मान गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी,जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्त्री दामोदर शर्माले साधारणसभाको सहजीकरण गर्नुभएको थियो ।
शाखाको बार्षिक प्रतिबेदन मन्त्री दामोदर शर्मा र आर्थिक प्रतिबेदन कोषाध्यक्ष घनश्याम न्यौपानेले प्रस्तुत गर्नु भएको थियो प्रस्तुत गरिएका दुबै प्रतिबेदन सभाले पारित गरेको छ । नेपाल रेडक्रस सोसाइटी बिजयनगर र बिजुवार उपशाखाको आतिथ्यतामा भएको ३९ औं बार्षिक साधारणसभामा जिल्लामा कृयाशिल १७ उपशाखाको सहभागिता रहेको थियो । जिल्लामा २ हजार ३ सय ५६ आजिवन सदस्य आवद्ध रहेका छन।
जाल्पाथान घोषणा पत्रमा उल्लेखित बुँदाहरु:
१) बिभिन्न महामारी तथा बिपदको संक्रमण रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर मानविय सेवामा समर्पित सम्पुर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, रेडक्रसकर्मी, जनप्रतिनिधी, निजामति कर्मचारी, संचारकर्मी, लगायत सबै स्वयमसेवकहरुमा उच्च सम्मान ब्यक्त गर्दै आगामी दिनहरुमा पनि महामारी लगायत बिपद जोखिम न्यूनिकरण र बिपद प्रतिकार्यमा यहाँहरुको निरन्तर सक्रियता रहने बिश्वासका साथ रेडक्रस शाखा तथा उपशाखाहरु यहाँहरुसंग सदैव सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।
२) प्यूठान जिल्ला विपदको उच्च जोखिममा पर्ने भएकोले कुनै पनि समय र स्थानमा आउन सक्ने विपद्बाट मानव जिवन तथा भौतिक स्रोतको संरक्षण गर्नका लागि सबै स्थानीय सरकारहरुबाट बिपद प्रतिकार्य योजना निर्माण तथा नियमित अद्याबधिक गरी स्थानीय तहमा प्रभावकारी कार्यान्वयन गर्न जिल्लास्थित सबै स्थानीय तहहरुलाई अपिल गर्दछौं ।
३) ”रक्तदान जिवन दान” भन्ने मर्मलाई आत्मसात गरी नेपाल रेडक्रस सोसाइटी प्यूठान शाखाबाट संचालीत रक्तसंचार सेवा केन्द्रलाई निरन्तरता दिन र प्यूठान अस्पतालबाट डाइलोसीस मेसीन छिट्टै संचालन हुन गइरहेको हुदा जिल्लामा थप रक्त संचार सेवा आबश्यक पर्ने सम्भाब्यता रहेकोले माग अनुरुप ब्लडको सहज आपूर्ति गराउन ब्लड बैंकलाई नियमित आर्थिक सहयोग गरिदिनुहुन प्यूठान जिल्लाका सबै स्थानीय सरकारहरुलाई अनुरोध गर्दछौं ।
४) ने.रे.सो. प्यूठान शाखाबाट संचालित रक्तसंचार सेवा केन्द्र दिगोपनाका लागि अक्षय कोष स्थापना गर्न प्रत्येक उपशाखा, नेपाल जु.रयु.रे.स. ब्यबसायी तथा समाजसेवीहरुबाट यथाशक्य सहयोगको लागि अपिल गर्दछौं
५) जलवायु परिवर्तन, वातावरणिय प्रदुषण लगायत अन्तर्राष्ट्रिय स्तरमै फैलिएको प्राकृतिक प्रकोपको समस्याको प्रभावबाट प्यूठान जिल्ला पनि अछुत रहन नसक्ने कुरा सबैलाई बिदितै छ, त्यसैले उक्त समस्याको सम्बोधनका लागि जलबायु अनुकुलन र वातावरण संरक्षण सम्बन्धी कार्ययोजना र कार्यक्रमहरु प्राथमिकतामा राखि संचालन गर्न जिल्लास्थित सबै स्थानीय तह लगायत सम्बन्धीत सरोकारवालाहरुलाई अपिल गर्दछौं ।
६) प्यूठान जिल्लाका सबै स्थानीय तहमा रेडक्रस स्वयंम सेवकहरुको सदस्यता बृद्धि र महिला सदस्य संख्या बृद्धिका लागि रेडक्रस अभियानलाई ब्यापक बनाउन प्यूठान शाखाको तर्फबाट प्रतिबद्धता जाहेर गर्दछौं ।
७) प्यूठान जिल्लाका सबै माध्यमिक बिद्यालयहरुमा जुनियर तथा युवा रेडक्रम सर्कल गठनमा बृद्धि गरी रेडक्रसका आधारस्तम्भ सुदृढ गर्न जुरेस । युरेस गतिबिधिहरु संस्थागत गर्न प्रतिबद्धता जाहेर गर्दछौं ।
८) नेपाल रेडक्रस सोसाइटीको ३९ औं बार्षिक साधारण सभाको आतिथ्यता गर्ने नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखा र बिजयनगर उपशाखा साथै बार्षिक सभामा सहभागि भई कार्यक्रमलाई सफल बनाउन हौसला प्रदान गर्नुहुने प्रमुख अतिथि, बिशेष अतिथिहरु, अतिथिहरु लगायत रेडक्रसकर्मीहरु र सम्पुर्ण स्वयंमसेवक महानुभावहरुमा र्हािर्दक आभार ब्यक्त गर्दछौं ।
९) नेपाल जुनियररयुवा सर्कलहरु बिद्यालय तहबाटै मानव सेवामा टेवा पुर्याउदै आएकोले सरकारबाट उक्त सर्कलका गतिबिधिहरुलाई अपनत्व लिई जुनियररयुवा सर्कललाई संस्थागत गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराउदछौं ।



S.K. Creative Media Group