प्यूठान । माण्डवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष धनेन्द्र कार्कीले बिपन्न एक परिवारलाई जस्तापाता सहयोग गरेका गर्नुभएको छ । लामाचौर स्थित शोभ बहादुर भण्डारीको घर छाउन वडाध्यक्ष कार्कीले जस्ता सहयोग गर्नुभएको हो ।

व्यक्तिगत खर्चमा ३१ हजार मूल्य पर्ने २१ थान जस्तापाता खरिद गरि बुधबार हस्तान्तरण गरेका वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो । ६ जना परिवार संख्या रहेको भण्डारी हाल बिरामी हुनुहुन्छ ।

वडाध्यक्ष कार्की जनप्रतिनिधि भएपछि आफ्नो पारीश्रमिक बिभिन्न्न क्षेत्रमा बितरण गर्दै आउनुभएको छ । आफुले सक्ने सहयोग गर्दै आएको वडा अध्यक्ष कार्कीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय