प्यूठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानले रणनितिक याेजना बनाउने भएको छ । आज बसेकाे कार्य समिति बैठकले शाखाकाे ३ वर्षे रणनितिक याेजना (२०८२-२०८४) निर्माण गर्ने निर्णय गरेकाे सचिव बासुदेव गिरीले जानकारी दिनुभयो । याेजना निर्माणकाे लागि अध्यक्ष श्रीराम भण्डारीकाे संयाेजकत्वमा ५ सदस्यीय उप समिति गठन गरिएको छ ।
यस्तै बैठकले नयाँ बर्ष २०८२ काे अवसर पारी मिडिया डायरी प्रकाश गर्ने भएको छ ।
जिल्ला स्थिति विभिन्न संघसंस्था, सरकारी तथा गैर सरकारी कार्यालयबाट सुचना तथा विक्षापन जिल्लाकाे समग्र विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने संञ्चार माध्यमलाई कम प्राथमिकता दिई जिल्ला बाहिरका संञ्चार माध्यमहरुलाइ उपलब्ध गराउने प्रवृत्ति बढ्दै गएकाले स्थानीय संञ्चार माध्यमलाई मुख्य प्राथमिकता दिई सुचना तथा विज्ञापन उपलब्ध गराउन सम्बन्धि निकायमा अनुराेध गर्ने तथा प्रत्येक महिनाकाे दाेस्राे साता शाखाकाे नियमित बैठक बस्ने निर्णय गरेकाे सचिव गिरीले बताउनुभयो ।



S.K. Creative Media Group