प्यूठान । निर्माण व्यवसायी संघ प्यूठानको निर्वाचन पछि सरेको छ । भव्य रुपमा उद्घाटन सम्पन्न गरेको संघको नयाँ कार्यसमिति चयन गर्नका लागि चैत १५ गते भित्र निर्वाचन गर्ने निर्णय भएको संघका अध्यक्ष नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
“निर्वाचनको प्रक्रिया चैत १५ भित्र गर्ने कार्यसमितिले निर्णय गरेको छ,” उहाँले भन्नुभयो,“सर्वसहमतिमा कार्यसमिति बनाउन पहल जारी छ ।” कार्यक्रमको उद्घाटन शत्रमा बोल्ने बत्ताहरुले निर्माण व्यवसायी संघ प्यूठानको अधिवेशन सर्वसहमतिमा हुँदै आएकोमा प्रशंसा गर्दै आगामी नेतृत्व पनि सर्वसहमतिमा चयन गर्न सुझाव दिएका थिए ।
संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष नविन कुमार श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष सोभाराम न्यौपानेले आकांक्षा राख्नुभएको छ ।



S.K. Creative Media Group