प्यूठान । माण्डवी गाउँपालिका वडा नम्वर २ रातापानीमा मृत फेला परेका वृद्ध दम्पतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । स्थानीय ६० वर्षीय राम बहादुर परियार (श्रीमान) र ५६ वर्षीया हुकुमा परियार (श्रीमती)को हत्या आरोपमा भतिजा पंकज परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
आईतबार बेलुका जिल्ला प्रहरी कार्यालय प्यूठानले पत्रकार भेटघाट गरेर घटनाको विस्तृत विवरण जानकारी गराएको छ । अपरेशन माण्डवी नामबाट प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको प्रहरी नायव उपरीक्ष दिपेश बस्यालले जानकारी दिनुभयो ।

पत्रकार भेटघाटमा घटनाको जानकारी गराउँदै प्रहरी नायव उपरीक्षक सहितका प्रहरी अधिकृत । तस्विर : सुजल श्रेष्ठ
“ईगो”को कारण हत्या
हत्यामा संलग्न पंकज मृतक दम्पतीको दाईको छोरा हुन । पंकजको श्रीमतीले पंकजलाई छाडेर गएपछि मृतक दम्पतीले पंकजलाई “एउटा पनि स्वास्नी पाउन नसकेको थारो” भनेर गालिगलौजन गर्ने गर्थे । उक्त गालीगलौजलाई लिएर पंकजले ईगो(रिसिईबी) लिएका थिए । घटना हुनुभन्दा एक हप्ताअघि पनि मृतक दम्पतीले सोही तरिकाले गाली गलौज गरेको प्रहरी नायव उपरीक्षक बस्यालले बताउनुभयो ।
बेलाबेलामा मृतकहरु र पंकजवीच विभिन्न विषयमा झैझगडा हुने गरेको थियो । मृतक दुवै र पंकजले अत्याधिक मदिरा सेवन गर्ने गरेको प्रहरीको भनाई छ ।
फागुन ९ गते राती साढे १० बजे पंकजले रक्सी सेवन गरि राम बहादुर परियारको घरमा झ्यालबाट प्रवशे गरेर भुइतलाम सुतिरहेका दम्पतीको हत्या गरेको प्रहरी नायव उपरीक्ष बस्यालले बताउनभयो । सुतिरहेका दुवै जनालाई पंकजले घन प्रयोग गरि ३/३ पटकसम्म टाउकोमा जोड सँग हानेको स्विकार गरेका छन । पहिले काकालाई हानेपछि काकीलाई हानेको पंकजले प्रहरीलाई बताएका छन । मृतक राम बहादुर गाउँघरमा मिस्त्री काम गर्ने भएकाले उनकै घरमा रहेको घनले पंकजले हानेका थिए ।
उक्त घटनापछि पंकजले मृतक हुकुमाको पटुकामा रहेको २२० रुपियाँ लिएर निस्केका थिए । जसमध्ये २ सय रुपियाँ खर्च गरेको र बाँकी २० रुपियाँ पंकजको साथबाट बरामद गरिएको प्रहरी नायव उपरीक्षक बस्यालले बताउनुभयो ।
आफै दिए प्रहरीलाई सूचना
काकाकाककिो हत्या गरेका पंकज आफैले प्रहरीलाई मृतक दम्पतीको घरमा मान्छे अहिलेसम्म नउठेको भनेर फोन गरेर सूचना दिएका थिए । दिउँसो साढे १२ बजे पंकजले प्रहरीलाई फोन गरेका थिए । आफूमाथी प्रहरीको शंका नहुने ठानेर पंकजले फोन गरेको प्रहरीको भनाई छ । सूचना पाएलगत्तै प्रहरी नायव उपरीक्षक बस्याल, प्रहरी निरीक्षक केशव केसी सहितको अनुसन्धान टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनास्थलबाट घन, रगत पुछेको बल्याङ्केट बरामद गरेको छ । मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए । चार भाई छोरा रोजगारीका लागि भारतमा रहेको र तीन छोरीको विहे भइसकेको छ । हत्यामा संलग्न पंकजलाई जिल्ला अदालतबाट सात दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्यालले बताउनुभयो । शवको पोष्टमार्टम गरि आफन्तलाई बुझाइएको प्रहरीको भनाई छ ।




S.K. Creative Media Group