प्यूठान । प्यूठान उद्योग वाणिज्य संघ मल्ल्रानी बजार क्षेत्रको अध्यक्षमा भरत कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
उपाध्यक्ष राजन कक्षपति, सचिव पशुपति श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मण श्रेष्ठ र सदस्यमा अनिल विक, सत्यमोहन राना, लोकेन्द्र सुनार र किरण पन्थी चयन हुनुभएको छ । जिल्ला प्रतिनिधिमा रामचन्द्र केसी चयन हुनुभएको प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले जानकारी दिनुभयो ।



S.K. Creative Media Group