प्यूठान । लोपउन्मुख कुसुन्डा समुदायको भाषा संरक्षणका लागि प्यूठानमा कुसुन्डा भाषाको कक्षा संचालन हुन लागेको छ ।
सरुमारानी गाउँपालिकाको आर्थिक सहयोगमा देशभरका कुसुन्डाहरुलाई एकै थलोमा राखेर १५ दिनको भाषा प्रशिक्षण हुन थालेको सरुमारानी गाउँपालिकाका प्रवक्ता चिन्त सोमैले जानकारी दिनुभयो ।
देश भरिका कुसु्ण्डा जातिका प्रत्येक घरका १ जनालाई सहभागी गराई भाषा पुस्तान्तरण सम्वन्धी तालिम आयोजना गरिएको छ ।
देश भरिका ३५ घरधुरी का ३५ जना सहभागी हुने प्रवक्ता सोमैले जानकारी दिनुभयो ।
प्यूठानमा ६ घरधुरी कुसुन्डा जाती रहेका छन । यही फागुन १९ गतेबाट संचालन हुने १५ दिनको कक्षामा भाषा, संस्कार, रहनसहनका बारेमा जानकारी दिने आयोजकले जनाएको छ ।
नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा जातिको कूल जनसंख्या पुरुष ११५ र महिला १३८ गरी कुल २५३ जना उल्लेख गरिएको छ । लुम्विनी प्रदेशको प्युठान जिल्लामा पुरुष १६ र महिला १५ गरी ३१ जना कुसुन्डा छन् भने दाङ जिल्लामा पुरुष १७ र महिला २७ गरी ४४ जना छन् । कुसुन्डाहरु गोरखा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ देउखुरी र सुर्खेत जिल्लामा बसोबास गरिरहेका छन् ।



S.K. Creative Media Group