प्यूठान । नमस्ते प्यूठान यातायात सेवा प्रालिले तीन जना गाडी चालकलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको अवसरमा तीन जना चालकलाई सम्मान गरेको हो ।
प्रालिको स्थापना कालमा पहिलोपटक काठमाडौंबाट प्यूठानसम्म रात्रि बस शकुसल ल्याउने सुर्य बहादुर के.सि., प्यूठानबाट काठमाडौं पहिलाेपटक शकुसल चालककाे भुमिका निभाउने खिम बहादुर नेपाली र स्थापना कालदेखि हालसम्म निरन्तर रात्रि बसकाे चालकाे रुपमा काम गर्दै आएका अनिल श्रेष्ठलाई प्रालिले सम्मान गरेको हो ।
तिनै जनालाई नगद सहित आजिबन प्रालिको गाडीमा यात्रा गर्दा भाडा नलाग्ने गरि सम्मान गरेकाे कार्यालय प्रमुख दिल बहादुर दसौंदीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group